राजेन्द्र लिङ्देनले कारबाही गरेका राप्रपाका नेताहरु एमालेमा प्रवेश

राजेन्द्र लिङ्देनले कारबाही गरेका राप्रपाका नेताहरु एमालेमा प्रवेश

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन् ।

एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी हितविपरीतको ग’ति’वि’धि गरेको भन्दै लिङ्देनले केही दिनअघि लामासहित उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई का’र’बा’ही’को घोषणा गरेका थिए । सो का’र’बा’हीको पूर्वअध्यक्ष कमल थापाले वि’रो’ध गरेका थिए ।

उनीहरु एमालेमा जान लागेको सूचना आएकालेनै राप्रपा काभ्रेकै अन्य नेताको सिफारिसमा नि’ष्का’शन गरिएको राप्रपाका नेताहरुको भनाइ छ ।

Leave a comment

Your email address will not be published.