भारतीय गायिका लता मंगेशकर कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको १७ दिन बितेको छ। आईसीयूमा उपचार भइरहे पनि लताको स्वास्थ्यमा सुधार देखिएको छैन।
उनको स्वास्थ्य अवस्थालाई लिएर परिवारले नयाँ वक्तव्य निकालेको छ। उनको परिवारले जारी गरेको वक्तव्यमा भनिएको छ ‘लताजीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छैन। उहाँ अहिले पनि आईसीयूमा हुनुहुन्छ।’
लतालाई डाक्टर प्रतित समदानीको समूहले हेरिरहेको बताइएको छ। लताको परिवारले उनको स्वास्थ्यका बारेमा दैनिक अपडेट दिन सम्भव नभएको पनि जनाएको छ।
पारिवारिक गोपनीयताका कारण दैनिक अपडेट दिन नचाहेको बताउँदै वक्तव्यमा भनिएको छ, ‘हामी तपाईहरु सबैलाई आग्रह गर्छौँ पारिवारिक मामिलालाई बुझ्नुहोस्। अफवाह फैलाउनबाट बच्नुहोस्। लताजीको स्वास्थ्यका लागि प्रार्थना गर्नुहोस्।’
यो पनि पढ्नुहाेस
अनुष्काले प्रियंकालाई भनिन्ः अनिँदो रातका लागि तयार हुनु
बलिउड अभिनेत्री प्रियंका चोपडालाई आमा बनेकोमा अर्की अभिनेत्री अनुष्काले बधाई दिएकी छिन्। केही समयअघि आमा बनेकी अनुष्काले प्रियंका र नीकलाई बधाई दिदै अनिदो रातका लागि तयार रहन सुझाव समेत दिएकी छिन्।
अनुष्काले सामाजिक सञ्जाल इन्स्ट्राग्राम मार्फत प्रियंका र नीकको जोडीलाई बधाई दिएकी हुन्।
उनले लेखेकी छिन् ‘बधाई प्रियंका चोपडा र निक जोनस। अनिँदो रातहरु अनि अतुलनीय खुशी र मायाका लागि तयार रहनुहोस्। सानीलाई धेरै माया।’
अनुष्का शर्मा र विराट कोहलीकी छोरी एक वर्षकी भएकी छिन्। आफ्नी छोरीसँग बिताएको एक वर्षको आधारमा प्रियंकालाई अनुष्काले सुझाव दिएकी हुन्।
प्रियंका र नीकले सेरोगेसी मार्फत पहिलो सन्तानलाई जन्म दिएका छन्।
केही दिनअघि पहिलो सन्तानका रुपमा छोरीलाई जन्मदिएको यो जोडी दुई सन्तान जन्माउने योजनामा रहेको छ।