दूधको मूल्य नबढाए आन्दोलनः संघ

केन्द्रीय दुग्ध सहकारी संघले दूधको मूल्य बढाउन माग गरेको छ। सरकारले दूधको मूल्य नबढाए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संघका महासचिव रामप्रसाद आचार्यले बताए।

करिब ३ वर्षयता कच्चा दूधको मूल्य नबढेको, पशुलाई खुवाउने पराल, दाना, चोकर, औषधिलगायतको मूल्य अत्यधिक बढेको, कोभिड प्रभावबाट पशुपालन पेसा जर्जर अवस्थामा पुगेको ।

पशुवस्तु अनुच्पादक रहेको, मिल्क होलिडे नभएको, कृषकले उद्योगबाट समयमा भुक्तानी नपाएकोलगायतका समस्याले हाल फ्लस सिजनामा पनि पर्याप्त मात्रामा दूध उत्पादन नहुँदा विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको संघले जनाएको छ।

ती सबै समस्याको कारण दूधको मूल्य नबढ्नु भएको संघको दाबी छ। गत असोज १४ को संघको बैठकले कात्तिक १ देखि नै दूधको मूल्य बढाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अनुरोध गरेको थियो।

प्रधानमन्त्री देउवाले कृषि तथा पशुपन्छी मन्त्रालयमा यसबारे कार्य अगाडि बढाउन निर्देशन दिएको र मन्त्रालयले पनि राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत किसानको लागत मूल्य अध्ययन गरी प्रतिवेदन पेस गर्न आह्वान गरेको थियो। सोसँगै १० रुपैयाँ प्रतिलिटर मूल्य बढाउन सिफारिस भए पनि हालसम्म कार्यान्वयन नभएपछि संघले आन्दोलन गर्ने चेतावनी दिएको हो।

Leave a comment

Your email address will not be published.