काठमाडौंमा आजदेखि निजीमा मात्रै जोरबिजोर, सार्वजनिक यातायातमा हट्यो

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ।सार्वजनिक सबारी साधनमा लागू भएको जोरबिजोर प्रणालीको तीव्र आलोचना भएपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले आज (शनिबार) देखि लागू हुनेगरी सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गरिँदा सर्बसाधारणले सास्ती खेप्दै आएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सूचना जारी गर्दै गए राति १२ बजेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएका छन्। तर‚ निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।

कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै स्थानीय प्रशासनले गत शुक्रबारदेखि उपत्यकामा जोरबिजोर प्रणाली लागू गरेको थियो। उक्त निर्णय व्यावहारिक र कोभिड संक्रमण नियन्त्रणमा सहयोगी नभएको भन्दै व्यापक आलोचना भएपछि प्रशासनले त्यसलाई हटाएको हो।

यो पनि पढ्नुहाेस

आजको मौसम : चिसोबाट जोगिन २४ घण्टे चेतावनी

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी छ भने यतिबेला (शनिबार बिहान) पहाडी भेगमा मौसम आंशिक बदली रही तराईमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलि आइतबार बिहान ६ बजेसम्मको अवधि) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ

जसमा भनिएको छ : प्रदेश १, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

Leave a comment

Your email address will not be published.