खेतबारीमा घास काट्दै गरेकी अमृताको लोभलाग्दो स्वर सुन्न सकिन्छ। सानै उमेर देखि गीत गाउन निकै नै रुचाउने अमृता अहिले मिडिया मा आएकी छिन। नवलपरासी जिल्लाको सुनव ल ११ पर्गतीपथ टोलकि अमृता गैरेले निकै नै राम्रो गीत गाउने गर्छिन।
अहिले सम्म कुनै संगीत नासिकेकी उनि गाउपाखा मा गीत गाउदै गर्दा राम्रो गीत गाउँ सफल पनि भएकी हुन्। घरकी जेठी छोरि उनिलाई आफ्नो रुचि , चाहनामा कसैको रोक नलगाएको पनि बताउछिन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यो पनि ; मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन्।
उनकी श्रीमती ५ वर्षदेखि दम रोगले थला परेकी छन्। ऋण, सापट र वृद्धभत्ता जोरजाम गरेर पहि,,लोपटक उपचार गर्न ललितपुरको पाटन अस्पताल पुगेका शाही आर्थिक समस्यामा परेका हुन्। ऋण गरी ल्याएको पैसा काठमाडौँ जाँदा बाटोमै सकिएपछि शाहीलाई श्रीमतीको उपचार गर्न मुस्किल परेको हो।
‘पैसा छैन डाक्टरले यो औषधि किन्नुपर्याे त्यो औषधि किन्नु पर्याे भन्न थाल्छन्’, शाहीले फोनमा कुरा गर्दै भने, ‘ऋण सापट गरिल्याएको पैसा सकियो, कसरी औषधि किनेर श्रीमतीलाई बचाऔँ?
’अस्पतालको शय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको उनी सुनाउँछन्।काठमाडौँ उपत्यकामा श्रीमती को औषधि–उपचार तथा आफैँलाई बिहान–बेलुका छाक टार्नस मेत मुस्किल परेको शाहीले बताए।
बिरामी श्रीमती बोकेर उनी गत मङ्सिर २३ गते घरबाट बाजु राको कोल्टी हुँदै नेपालगन्ज पुगेका थिए। त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराएका थिए।
काठमाडौँमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौँ पुगेका हुन्।उनका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए। आर्थिक अभावले उनको उपचार कठिन बन्दै गएको छ।
पाटन अस्पतालको तीन तलामाथि आईसीयूमा शाहीकी श्रीमती उपचाररत छिन्। बाहिर ढोकामा शाही खर्च नहुँदा छट्पटाइरहे का छन्।काठमाडौंमै लामो समयदेखि ज्यालादारी काम गरिर हेका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा छन्। तर उनको पनि शाहीकै जस्तै अवस्था छ।
आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन पनि पाटन अस्पताल पुगेका छन्।‘ऋण काढ्ने् कहीँ कतै ठाउँ छैन, घरमा कोही जागिरे छैनन्, कृषि कर्म गरी जीवन निर्वाह गर्दै
आएकाले उपचार खर्च जुटाउन सम्भव छैन’, बृजनले फोनमा भने।श्रीमती र आफ्नो सामाजिक सुरक्षा भत्ता जम्मा गरेर शाही काठमाडौँ उपचार गर्न गएका हुन्।