‘संक्रमित अवस्थामै कोरोनाको बुस्टर डोज नलगाउनू’

सरकारले कोरोना संक्रमण भएकै अवस्थामा बुस्टर डोज नलगाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवारको नियमित प्रेस ब्रिफिङमा सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो।

मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनी यस्तो बताएका हुन्।

‘कोरोनाविरुद्धको बुस्टर डोज संक्रमण भएको बेला नलगाउनुहोला’, उनले भने, ‘बुस्टर डोज कोरोना संक्रमण निको भएको २ हप्तापछि मात्रै लगाउन सकिन्छ।’

मरासिनीले अहिले मन्त्रालयको स्टोरमा ७३ लाख डोज कोरोनाविरुद्धको खोप रहेको पनि बताएका छन्।

उनले ५ देखि ११ वर्षका बालबालिकालाई दिन ८४ लाख फाइजर खोप खरिद प्रक्रियाअघि बढेको पनि बताए।

मरासिनीले आगामी २ महिना भित्र उक्त खोप नेपाल आइसक्ने पनि ब्रिफिङमा जानकारी दिएका छन्।

Leave a comment

Your email address will not be published.