‘बिग बोस सिजन १५ ‘की विजेता बनिन् टिभि सिरियलकी संस्कारी बुहारी तेजस्वी

एजेन्सी- महिनौंको संघर्षपछि अन्ततः तेजस्वी प्रकाश बिग बोस सिजन १५ को विजेता बनेकि छिन् । शीर्ष ३ मा पुगेपछि तेजस्वीले करण कुन्द्रा र प्रतीक सहजपाललाई पराजित गर्दै बिग बोस १५ को उपाधि जितिन्।

बिग बोस १५ तेजस्वीका लागि निकै भाग्यशाली रह्यो । तेजस्वीले ४० लाखको पुरस्कार मात्रै जितिनन्, उनलाई नागिन ६ मा काम गर्ने अफर पनि आयो ।फाइनलमा तेजस्वी र प्रतिकबीच टप २ मा कडा प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा उपस्थित सबैले प्रतीकलाई विजेता मानिरहेका थिए ।

सामाजिक सञ्जालमा पनि प्रतीकको नामको चर्चा भयो । तर यसपटक ट्रफी तेजस्वीको नाममा लेखिएको छ । जसका कारण उनले फाइनल खेलमा प्रतीकलाई पराजित गर्दै उपाधि जितेकि हुन् ।तेजस्वी प्रकाशले बिग बोस १५ को उपाधि जितेपछि अभिभावकसँगको पहिलो तस्विर सेयर गरेकि छिन् ।

कालो पोशाकमा तेजस्वी बिग बोसको ट्रफी हातमा लिएर अभिभावकसँग निकै खुसी देखिन्छिन् । उनले आफ्ना आमाबुवाको सपना पूरा गरेजस्तो देखिन्छ । तेजस्वी प्रकाश र प्रतीक सहजपालसँगै करण कुन्द्रा टप ३ मा थिए । रोचक कुरा के छ भने प्रतीक सहजपालले करण कुन्द्रालाई हराउँदै टप ३ मा पुग्न सफल भएका छन् ।करण कुन्द्राले कम मतको आधारमा शीर्ष २ मा आफ्नो स्थान बनाउन सकेनन् ।

यता शमिता शेट्टीको भाग्यमा बिग बोसको ट्रफी लेखिएको रहेनछ । त्यसैले तीन पटक शोमा भाग लिएर पनि उनले हरेक पटक विजेता बन्न गुमाइन्। निशान्त भट्ट बिग बोस १५ को शीर्ष ५ मा पर्न सफल भएका थिए। तर फाइनलमा पुगेपछि उनले १० लाख रुपैयाँको सुटकेस लिएर आफूलाई विजेताको दौडबाट बाहिर निकालेका थिए ।

Leave a comment

Your email address will not be published.