चर्चित गायक पशुपति शर्मा र मुना थापा मगरको ‘टलक्कै टल्केको ऎना’ले दर्शकको मन जित्दै (भिडियो सहित )

पछिल्लो समयको सांगेतीक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहो,,री गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।

त्यसो त रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित दोहोरी गायक पशुपति शर्माको सृर्जनामा रहेको नयाँ दोहोरी गीत ‘टलक्कै टल्केको ऎना’भखरै मात्रै डिजिटल बजारमा सार्वजनिक भएको छ । चर्चित लोक दोहोरी गायिका मुना थापा मगरको प्रस्तुति रहेको गीतमा पशुपति शर्मा संगै मुना थापा मगरको सुमधुर आवाजमा सजि एको छ ।

गायक शर्माकै उत्कृष्ट लय शब्द सृर्जनामा रहेको गीतमा स मसामायिक विषयबस्तुलाई दोहोरीमा निकै घोचपेचका साथ उत्कृष्ट शैलीमा प्रस्तुत गरिएक छ ।

स्मृति तिमल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा लोकप्रिय कलाकार वविन सिंह ठकुरी र युनिषा परियारको डान्सिड फिचर एवम् अभिनय रहे को छ |

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गीतको म्युजिक भिडियोलाई करन चौसिरको छांयाकन एवम् प्रकाश धमलाको सम्पादन रहेको छ । उक्त गीतको म्युजिक भिडियो Muna Thapa Magar को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

हेर्नुहोस् गीतको पुरा म्युजिक भिडियो

Leave a comment

Your email address will not be published.