भा`इरल तोरीबारीको भिडियो अत्यन्तै रमणीय ठाउँ -(भिडियो हेर्नुस)

म्याग्दिको भाइरल तोरीबारीमा घुम्न जान रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका-१ रत्ने चौरमा पिच सडकको दायाँबायाँ रहेको तोरीबारीमा घुम्न जान रोक लगाएको हो।

कोरोनाभाइरसका सं`क्रमित फेरि बढ्न थाले पछि भीडलाई नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको बेनी-१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए।

वडाध्यक्ष रावलका अनुसार शनिबार तोरीबारी मा एकदमै भीड बढेपछि आइतबार जिल्ला प्रहरी कार्यालय बेनीबाट तोरीबारीमा प्रहरी टोली परिचालन गरिएको हो।

उनले आइतबारदेखि तोरीबारीमा प्रवेश गर्न कडाइ गरिएको र प्रहरीले घुम्न गएकालाई फर्काइरहेको बताए।‘तोरीबारीमा घुम्न आउने पर्यटकबाट स्थानीयले धेरै कुराहरू सिक्न पाइरहेका थिए।

त्यसैले हामीले माघ १५ देखि २० गतेसम्म तोरी महोत्सव आयोजना गर्ने योजनासमेत बनाएका थियौं। बजेट विनियोजन गरेर जिल्ला प्रशासन कार्यलयमा अनुमति माग्दा कोभिडका कारण

भीडभाड हुने कार्यक्रम सञ्चालन नगर्न आदेश आ,यो,’ वडाअध्यक्ष रावलले भने, ‘हामीले कार्यक्रम स्थगित गरेका छौं।’

पहेँलो तोरीबारीको बीचमा कालोपत्र गरिएको सडकको मन मोहक दृश्य देखिन्छ। यही दृश्य हेर्न मानिसहरू आउने गरेका छन्। तोरीबारीको फोटो,

भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका कारण मानि सहरूको भीड बढेको वडाअध्यक्ष रावलले बताए। फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा रत्नेचौरमा रहेको तोरीबारीको फोटो,

भिडियो भाइरल भइरहेका छन्।सिसिएमसीको एक साता अघि बसेको बैठकले सार्वजनिक स्थलमा भीडभाड नगर्न आदेश दिएको थियो।

Leave a comment

Your email address will not be published.