मोटरसाइकल चोर्ने र किन्ने ३ जना पक्राउ

??????

मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले सर्लाहीको लालबन्दीबाट तीन जनालाई पक्राउ गरेको छ। उनीहरुलाई चोरिएको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५, का २९ वर्षीय सूर्यदीप चौधरी, १९ वर्षीय रुपेश माझी र लालबन्दी नगरपालिका–१५ का २९ वर्षीय सोमबहादुर रेग्मी छन्। उनीहरुलाई प्रहरीले चोरीको मोटरसाइकलसहित सार्वजनिक गरेको छ।

उनीहरुले लालबन्दी नगरपालिका–५ बस्ने ज्ञानबहादुर क्षेत्रीको प्रदेश २–०३–००१ प १०१९ नम्वरको १२५ सीसीको होण्डा साइन मोटरसाइकल चोरी गरेका प्रहरीले जनाएको छ।

यही माघ ७ गते मध्यराती क्षेत्रीले आफ्नो घरको बरण्डामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको थियो। सुराकीको आधारमा तीनै जनालाई सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

प्रहरी निरीक्षक निर्मल थापाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सूर्यदीप र रुपेशले मोटरसाइकल चोरी गरेको पाइएको छ। सोमबहादुरले चोरीको मोटरसाइकल हो भन्ने जान्दाजाँदै १७ हजार रुपैयाँमा किनेर चढेको पाइएकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Leave a comment

Your email address will not be published.