एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’

एनसेलले आफ्ना ग्राहकको सुविधालाई ध्यान दिँदै ‘ननस्टप टाइम प्याक अफर’ ल्याएको छ। एनसेलका ग्राहकले अब आफ्नो मोबाइल डाटामा विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने छन्।

एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ। अब एनसेलका प्रयोगकर्ताले छोटो समय अर्थात् १५ मिनेट र दुई घण्टाका लागि डाटा सेवा लिन सक्नेछन्।

एनसेलले यसअघि नै एक घन्टा समयावधि भएको डाटा प्याक उपलब्ध गराउँदै आएको थियो। अब आवश्यकताअनुसार सेवा उपलब्ध गराउन यी नयाँ दुई डाटा प्याक ल्याइएको एनसेलले जनाएको छ।

आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याक उत्तम विकल्प हुने कम्पनीले जनाएको छ।

यो योजनामा ग्राहकले करसहित १० रुपैयाँमा १५ मिनेटको डाटा प्याक पाउँछन् र त्यसैगरी दुई घण्टाको डाटा प्याक ३० रुपैयाँमा लिन सक्नेछन्। यी प्याक सुरु रहेको अवधिमा ग्राहकले एक एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउने एनसेलले जनाएको छ।

ग्राहकले सजिलैसँग *१७१२३# डायल गरी वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डाटा प्याक लिन सक्छन्।

Leave a comment

Your email address will not be published.