सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ र ७ जोड्ने पुल शनिबार उद्घाटन गरिएको छ।
नेपाली सेनाले बनाएको उक्त पुल गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा पुल उद्घाटन तथा हस्तान्तरण भएको हो।
गत साउन १६ र १७ गते मेलम्ची खोलामा आएको बाढीले चनौटे बजारस्थित उक्त पुल बगाएको थियो।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते चनौटे र भीरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो।
करिब नौ सातामै तयार गरिएको पुल उद्घाटन गरेर शनिबारै सडक विभागलाई हस्तान्तरण गरिएको छ।
यो पुल ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइको छ। पुलको भारबहन क्षमता २४ टन छ।