तेस्रो श्रेणीको क्लबमाथि चेल्सीको कठिन जित

एजेन्सी । चेल्सी एफए कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा तेस्रो श्रेणीको क्लब प्लिमाउथ आगाईललाई २–१ गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम १६ मा प्रवेश गरेको हो ।

चेल्सीलाई कठिन जित दिलाउनको लागि कप्तान सिजर एज्पिलिक्ेटा र मार्कोस अलन्सोले समान एक–एक गोल गरे । प्लिमाउथको लागि मकाउले गेलेस्फीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको आठौं मिनेटमा गेलेस्फीले गोल गर्दै प्लिमाउथलाई अग्रता दिलाएका थिए । उनले जोर्डन होउथानको पासमा गोल गरेका थिए ।

४१औँ मिनेटमा एज्पिलिक्वेटाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले माउन्टको पासमा गोल गरेका थिए । त्यसपछि निर्धाति समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको पहिलो हाफमा मार्कोसले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल चेल्सीले जित्यो ।

Leave a comment

Your email address will not be published.