लता मंगेशकरको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। प्रख्यात गायिका मङ्गेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै कैयौँ लोकप्रिय नेपाली गीतमासमेत आवाज दिएकी गायिका लता मङ्गेशकरको निधनको खबरले आफू दुःखी भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले दिवङ्गत मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

‘स्वर कोकिला’ उपनामले परिचित लताको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

उनले नेपालीसहित ३६ भाषामा गीत गाएकी छन्। उनले गाएका कैयौं नेपाली गीत लोकप्रिय छन्।

Leave a comment

Your email address will not be published.