गौतमबुद्ध विमानस्थल सञ्चालन मुख्य प्राथमिकतामा, यी देशबाट हुनेछ सिधा उडान ।
भैरहवा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गौतमबुद्ध विमानस्थल सञ्चालन मन्त्रालयको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
शनिबार विमानस्थल निरीक्षणका क्रममा मन्त्रीले आलेले भारतसँग हवाई रुट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको बताउँदै जतिसक्दो विमानस्थल चाँडो सञ्चालनमा ल्याउने बताए ।
केही समयअघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई रुट अनुमती दिन आग्रह गरेको उनले बताए । मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको जनाए ।
उनले मौसम सफा भएको हप्ता दिनमै क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी गरिएको जानकारी गराए । मन्त्री आलेले गौतमबुद्ध विमानस्थलको आठ सय विघा जमीन हुँदासमेत एउटा मात्रै रन–वे किन बनाएको ?
भन्दै आयोजना प्रमुख प्रवेश अधिकारीलाई प्रश्न गरे । उनले आयोजनाको ढिलाईका कारण यसअघि हुने भनिएको क्यालिब्रेसन फलाइट नभएको आरोप लगाए ।
मन्त्री आलेले अब ढिलाई नगर्न आयोजना र ठेकेदारलाई निर्देशन समेत दिए । गौतमबुुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले आईसीबी वान अर्थात् भौतिक निर्माणका काम थोरै बाँकी रहेपनि आईसीबी टुु अन्तर्गतका उपकरण जडानको काम सकिएको बताए ।
उनले क्यालिब्रेसन फ्लाइटका लागि विमानस्थल तयार भएको जानकारी गराए । आयोजनाको अहिलेसम्म करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । केही निर्माण र फिनिसिङका काम बाँकी छन् । मन्त्री आलेले आजै लुम्बिनी गुरुयोजनाबारे जानकारीसमेत लिएका थिए ।