आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक फागुन २ लाई सारियो

आज बुधबार दउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार साँझ सूचना जारी गरी विशेष कारणवश बुधबारका लागि तय गरिएकाे प्रतिनिधि सभाको बैठक फागुन २ गते बस्ने जानकारी गराएका हुन्।

संसद् सचिवालय उच्च स्रोतका अनुसार सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगन गरिएको हो।

यसअघि आज बिहान ११ बजेका लागि सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बोलाएका थिए। त्यसपछि प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची पनि संसद सचिवालयले निकालेको थियो।

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेस गर्ने तयारी भइरहेका बेला दलबीच सहमति नजुटेपछि बैठक स्थगन गरेर सहमतिको प्रयास थालिन लागेको ती मन्त्रीले जानकारी दिए।

स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको सरकारले पाँचदलीय सत्ता गठबन्धनमै एमसीसी सम्झौतालाई टेबल गर्ने विषयमा एकमत नभएपछि प्रतिनिधि सभाको बैठकै स्थगन गरिएको ती मन्त्रीले बताए।

यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन भइरहेका छन्।

Leave a comment

Your email address will not be published.