नेपालमा थप २ हजार ४ सय ४४ जनामा कोरोना सं’क्रमण

नेपालमा थप २ हजार ४ सय ४४ जनामा कोरोना सं’क्रमण

काठमाडौँ, २७ पुस। आज नेपालमा को,रोना भाइ,रसका २ हजार ४ सय ४४ जना संक्र,मित थपिएका छन् ।योसंगै कुल संक्र,मितको संख्या ८ लाख ३५ हजार ९ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय १३ जना संक्र,मणमुक्त भएका छन् । हालसम्म आठ लाख १४ हजार ७ सय ९८ जना संक्र,मणमुक्त भएका छन् ।मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ३३ जनामा परिक्षण गर्दा उक्त संक्र,मण पुष्टि भएको हो ।
रिपोर्टर्स नेपाल बाट

पर्यटनमन्त्री आलेको गौतमबुद्ध विमानस्थल सञ्चालन मन्त्रालयको मुख्य प्राथमिकतामा !

भैरहवा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गौतमबुद्ध विमानस्थल सञ्चालन मन्त्रालयको मुख्य प्राथमिकता रहेको बताएका छन् । शनिबार विमानस्थल निरीक्षणका क्रममा मन्त्रीले आलेले भारतसँग हवाई रुट

अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको बताउँदै जतिसक्दो विमानस्थल चाँडो सञ्चालनमा ल्याउने बताए ।
केही समयअघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई रुट अनुमती दिन आग्रह गरेको उनले बताए ।

मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको जनाए । उनले मौसम सफा भएको हप्ता दिनमै क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी गरिएको जानकारी गराए । मन्त्री आलेले गौतमबुद्ध विमानस्थलको आठ सय विघा जमीन हुँदासमेत एउटा मात्रै रन–वे किन बनाएको ?

भन्दै आयोजना प्रमुख प्रवेश अधिकारीलाई प्रश्न गरे । उनले आयोजनाको ढिलाईका कारण यसअघि हुने भनिएको क्यालिब्रेसन फलाइट नभएको आरोप लगाए ।

मन्त्री आलेले अब ढिलाई नगर्न आयोजना र ठेकेदारलाई निर्देशन समेत दिए । गौतमबुुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले आईसीबी वान अर्थात् भौतिक निर्माणका काम थोरै बाँकी रहेपनि आईसीबी टुु अन्तर्गतका उपकरण जडानको काम सकिएको बताए ।

उनले क्यालिब्रेसन फ्लाइटका लागि विमानस्थल तयार भएको जानकारी गराए । आयोजनाको अहिलेसम्म करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । केही निर्माण र फिनिसिङका काम बाँकी छन् । मन्त्री आलेले आजै लुम्बिनी गुरुयोजनाबारे जानकारीसमेत लिएका थिए ।

Leave a comment

Your email address will not be published.