गित बारे भर्खरै अन्जुले मुख खोलिन्।

गीतकार विपिन किरणले एक दशक अगाडिकोे सुपरहिट गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’लाई फेरि गायिका रचना रिमालकोे स्वरमा दर्शक तथा श्रोतामाझ सार्वजनिक गरे गीत सार्वजनिक भएसँगै विपिन र रचना विवादमा नै

तानिएका छन् ।गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको संगीतमा तयार भएकोे यो गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएकोे होे । नयाँ भर्सनमा न त अञ्जु पन्तको नाम नै उल्लेख गरिएकोे छ न त यसलाई कभर गीत नैै भनिएकोे छ योे बिषयमा आम श्रोता र संगीतकर्मीहरुले दुःख व्यक्त गरिरहेकोे समयमा गायिका अञ्जु पन्तले पनि आफ्नोे भनाई सार्वजनिक गरे की छिन् । हाल अमेरिकामा रहेकी गायिकाले सामाजिक

संजालमा लेखेकी छिन्–‘भर्खरै पुनः रकेर्ड भएर युट्युबमा सार्वजनिक भएकोे ‘न विर्से तिमीलाई न पाएँ तिमीलाई’ गजलको नयाँ भर्सन आएको खबर थाहा पाएँ ।नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मुटु

मा बस्न सफल यो गीत पछि पुरुष स्वरमा गायक जगदिश समालले पनि गाउनुभयो । आजसम्म पनि उत्तिकै सर्वा धिक लोेकप्रिय रहेकोे यो गजललाई नयाँ गायक–गायिका लाई फरक भर्सनमा गाउनु आवश्यक थियोे कि थिएन, त्यो बिषयमा मेरोे केही भन्नु छैन ।केही समय अगाडि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो स्वरमा नै रि–रेकर्ड गर्ने भन्नुभएको थियो । सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएकोे नयाँ एरेन्ज मलाई पठाउनु भए

को थियोे । हामी समय अनुकुल मिलाएर पुनः रेडर्क गर्ने योेजनामा थियौैं ।’अञ्जुले विपिनले आफूलाई कभरको रुपमा किड्स भर्सन नयाँ भाई बहिनीहरुलाई गाउने दिने कुरा गरेको र यसमा आफूले खुशीसाथ हुन्छ भनेको पनि

उल्लेख गरेकी छिन् अञ्जुले अगाडि लेखेकी छिन् ‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आग न्तुक कलाकारप्रति सधै स्वागत, आर्शिवाद र धेरै माया छ र रहिरहनेछ ।उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाकोे नाम समेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु भने दुखद र अन्यायपूर्ण कुरा हो ।के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाई

थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।’अञ्जुले यो बिषयमा विवाद र चर्चा नगरि

दर्शक श्रोताकोे माग अनुसार समाधानको नयाँ उपाय निस्कनेमा आफू आशावादी रहेको पनि उल्लेख गरेकी छिन् । साथै, उनले भोलीका दिनमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुती गर्ने दिन आउने छैन भनेर आशा व्यक्त गरेकी छिन् । यो खबर अन्लाईनखबर मा प्रकाशित छ ।

Leave a comment

Your email address will not be published.