आज पनि दोहोरो अंकले घट्यो सेयरबजार, साढे ३ अर्बको मात्र किनबेच

सेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २२.११ अंकले र सेन्सिटिभ सूचक ३.५१ अंकले घटेको हो।

घटेको बजारमा आज ६५ लाख कित्ता सेयर बिक्री भएका छन्। नेप्सेका अनुसार बुधबार ३ अर्ब ४७ करोडको सेयर खरिदबिक्री भएको हो।

आज दिनभरिमा २२३ सेयर ४५ हजार ११२ पटक किनबेच भएको छ। आज उपसूचकहरु सबै राताम्य छन्।

कसले कमाए, कसले गुमाए?
बुधबारको कारोबारमा लगानीकर्ताले थोरै दरमा आम्दानी गरेका छन्। यसअनुसार लिबर्टी इनर्जीका सेयरधनीले ३.०८ प्रतिशत कमाइ गरेका छन्। यही आजको सर्वाधिक कमाइ हो।

त्यसैगरी आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले २.८० प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले १.९७ प्रतिशत, लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.८७ प्रतिशत र मैलुङखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले १.८५ प्रतिशत आम्दानी गरेका छन्।

यता आज लगानीकर्ताले ६.६४ प्रतिशतसम्म गुमाउनुपरेको छ। नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताले उक्त दरमा गुमाएका हुन्। त्यसैगरी १० प्रतिशत एसबीआई डिबेन्चरका लगानीकर्ताले ३.७५ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ३.३५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.२७ प्रतिशत र वीन नेपाल लघुवित्तका सेयरधनीले ३.०६ प्रतिशत गुमाएका छन्।

सर्वाधिक कारोबार
आज अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १८ करोडको सेयर किनबेच भएको हो। त्यसैगरी नेपाल टेलिकमको १४ करोडको, नेशनल हाइड्रोपावर कम्पनीको १४ करोडको, निफ्राको १४ करोडको र एचआईडीसीएलको ११ करोडको सेयर खरिदबिक्री भएको हो।

Leave a comment

Your email address will not be published.