एमसीसीविरुद्ध प्रदर्शन

एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं । सरकारले संसदमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदनका लागि लैजाने तयारी गरेपछि त्यसको विरोधमा विभिन्न वामपन्थी दलले बुधबार विरोध प्रदर्शन गरेका छन् ।

एमसीसीको विरोधमा मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना वामपन्थी दलले प्रर्दशन गरेका हुन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टीलगायत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गरे ।

उनीहरूले माइतीघर मण्डलासहित नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । विरोध प्रर्दशनका क्रममा आयोजित सभालाई ति दलका नेताहरुले सम्वोधन समेत गरेका थिए । विरोध प्रर्दशनलाई सम्वोधन गदै राष्टिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले अमेरिकाले एमसीसीका नाममा नेपाललाई खसी देखाएर फर्सी भिराउन खोजेको आरोप लगाए ।

अध्यक्ष केसीले भने, ‘गठबन्धन भनेको एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता बिक्री गर्न अनि सत्तामा रजाइँका लागि भ्रष्टाचारीहरूसँग मित लगाउन होइन । यो प्रतिगमनलाई पराजित गर्नको लागि मात्रै हो ।’

सत्ता गठबन्धन र एमसीसी फरकफरक विषय भएको पनि उनले बताए । ‘अहिले धेरैले मलाई एमसीसीका कारण गठबन्धन भत्किन्छ भनेर सोध्छन् । सबैलाई ठुलो चिन्ता भनेको गठबन्धनको पो छ त ! गठबन्धनभित्रै पनि धेरैले एमसीसीमा संशोधनको कुरा त उठाएका छन् । त्यो पनि राम्रै पक्ष हो’, उनले भने

Leave a comment

Your email address will not be published.