दाङमा जुत्ता–चप्पल गोदाममा आगलागी, ५ जनाको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको मृत्यु भएको छ।

दाङ प्रहरीका अनुसार इरम फुटवेयर चप्पल गोदाम रहेको चारतले घरमा बिहीबार राति भएको आलगागीमा ५ जनाको मृत्यु भएको हो।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले टेलिफोनमा नेपालखबरसँग भने, ‘आगलागीमा ५ जनाको मृत्यु भएको छ तर को को भनेर एकिन गर्न टाइम लाग्छ।’

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालकाअनुसार विद्युत्को मिटर पड्किँदा आगलागी राति २ बजेदेखि आगलागी भएकाे हाे।

आगो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा घोराही उपमहानगरपालिकाको दमकल खटिएका थिए। आगो नियन्त्रण​ गर्न झन्डै ५ घण्टा लागेकाे प्रहरीले जनाएकाे छ।

क्षतिकाे विस्तृत विवरण आउन बाँकी छ।

Leave a comment

Your email address will not be published.