काठमाडौं महानगरवासीले आजदेखि फोहोर कुहिने र नकुहिने छुट्याएर राख्नुपर्ने, नत्र जरिवाना

काठमाडौं महानगरपालिकाका बासिन्दाले आज (साउन १) देखि घरमा फोहोर जम्मा गर्दा कुहिने र नकुहिने छु्ट्याएर अलग–अलग राख्नुपर्नेछ। अन्यथा महानगरपालिकाले त्यस्तो फोहोर नउठाउने र ५ सय रुपैयाँ जरिवानासमेत गर्नेछ। काठमाडौं महानगरपालिकाको कार्यालयले यसअघि नै आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने जानकारी दिइसकेको छ। सूचनामार्फत महानगरपालिकाले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा… Continue reading काठमाडौं महानगरवासीले आजदेखि फोहोर कुहिने र नकुहिने छुट्याएर राख्नुपर्ने, नत्र जरिवाना

बालेन साहको कामलाई असफल बनाउन खोज्ने नेता सहित १४ जना समातिए।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने काममा बञ्चरडाँडाका स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।सोमबार भएको सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा पुगेका फोहोरका गाडी हरुलाई स्थानयीले काठमाडौं र स्थानीय जनप्रतिनिधिसँग भएको सहमति नमान्ने भन्दै अवरोध गरे पछि भने” प्रहरी परिचालन गरिएको हो ।प्राप्त जानकारी अनुसार अवरोध गर्ने १४ जनालाई समातिएको छ ।बञ्चरडाँडामा फोहोर… Continue reading बालेन साहको कामलाई असफल बनाउन खोज्ने नेता सहित १४ जना समातिए।

देश र नागरिकको सेवा गरेरै सात महिना बिताएँ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताएका छन्। आलेले भने, ‘मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम गरेको छु, मलाई लाग्छ मैले काम गर्ने क्रममा विगतमा कुनै गल्ती गरेको भए पनि त्यसलाई सच्याउने… Continue reading देश र नागरिकको सेवा गरेरै सात महिना बिताएँ : मन्त्री आले

नेपाली सिरियल ‘ठुले’ले बेग्लै पहिचान बनाउन सफल हार्दिक बधाई [ भिडियोसहित]

अहिले नेपाली समाजमा भिडियो तथा सिरियल बनाउने होडबाजी चलिरहेको छ । यस्ता सिरियलहरुलाइ पछी छोड्दै बिष्णु रिजालको कथा / निर्देशनमा बनेको नेपाली सिरियल “ठुले” ले बेग्लै पहिचान बनाएको छ । समाजमा घटेका जातीय बिभेद र धनी गरिब बिच चल्दै आएको पर्खाललाई यस सिरियल मार्फत प्रस्तुत गरिएको छ ।अझैपनी समाजमा हुन नसकेको समावेशी र हरेक नेपालीको… Continue reading नेपाली सिरियल ‘ठुले’ले बेग्लै पहिचान बनाउन सफल हार्दिक बधाई [ भिडियोसहित]

भन्सार एजेन्टका लागि साढे ९ हजार भिड्दै, वैशाखमा परीक्षा

भन्सार एजेन्टको विज्ञापनको एक वर्षपछि परीक्षा सञ्चालन हुने भएको छ । भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी १७ वैशाखका लागि लिखित परीक्षा तय गरेको छ । परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश १३ चैतमा दिएपछि परीक्षा हुने भएको हो । आरक्षण… Continue reading भन्सार एजेन्टका लागि साढे ९ हजार भिड्दै, वैशाखमा परीक्षा

यो भिडियो हेरेर न,रुने कोहोला र, मन थामेर (भिडियो हेर्नुहोस्)

काठमाडौं – नेपाली गीत संगीतको बजारमा पछिल्लो समय बाल-प्रतिभाहरु निकैनै राम्रा राम्रा प्रतिभाहरु तपाई हामी देख्न सकिन्छ। जस मध्ये आयुषा गौतम समेत अनुसासीत बाल- गायिका हुन्। बिशेष गरेर बालापनमा धेरै बाल-बच्चाहरु चंचल स्वभावका हुने गरेको तपाइँ हामी देख्दै आयका छौं र तपाइँ हाम्रै नानि-बाबुहरू समेत चन्चले स्वभावका भयको भोग्दै-आयका छौं। उनीहरुलाई कसलाई मान-सम्मान गर्ने अथवा… Continue reading यो भिडियो हेरेर न,रुने कोहोला र, मन थामेर (भिडियो हेर्नुहोस्)

‘कर्मचारी अवकाश हुँदा पाउने सुविधामा पाँच प्रतिशत मात्र कर’

सर्वोच्च अदालतले सरकारी कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा पाँच प्रतिशत मात्र कर लाग्ने भएको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले गत मङ्सिर २१ गते गरेको फैसलाको आज सार्वजनिक भएको पूर्णपाठमा सो विषय उल्लेख छ। यसअघि, सरकारले आयकर ऐन २०५८ बमोजिम अवकाश भएका कर्मचारीबाट १५ प्रतिशतका दरले करकट्टी गर्ने निर्णय गरेको थियो।… Continue reading ‘कर्मचारी अवकाश हुँदा पाउने सुविधामा पाँच प्रतिशत मात्र कर’

खुल्यो तराईबाट चीन जोड्ने ढोका

सुर्खेत । कालिकोटको पलाँता गाउँपालिकाका उमेश बमले गाउँमै दैनिक उपभोग्य वस्तुको पसल सञ्चालन गरेका छन्। अघिल्लो महिनासम्म पसलमा एक लिटर खाने तेल किन्दा २५० रूपैयाँ पर्थ्यो। तराईबाट कर्णाली राजमार्ग हुँदै खाद्यवस्तु गाउँसम्म पुर्‍याउन भरिया लगाउनु पर्थ्यो। कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्न कर्णाली नदीमा पुल थिएन। तर अहिले पुल बनेर सञ्चालनमा आएपछि सबै कुरा सहज… Continue reading खुल्यो तराईबाट चीन जोड्ने ढोका

बंगलादेशमा दुई नेपाली फिल्मलाई अवार्ड

बंगलादेशको राजधानी ढाकामा सम्पन्न ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा दुई नेपाली फिल्मले अवार्ड उचालेका छन्। आइतबार सम्पन्न २० औँ संस्करणका अवार्ड समारोहमा दुई नेपाली फिल्मले उत्कृष्टताको अवार्ड उचालेका हुन्। सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ र किरण पोखरेलको ‘पुतलीको सपना’ले अवार्ड जितेका हुन्। ‘ऐना झ्यालको पुतली’का निर्देशक बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड उचाल्दा निर्माणाधिन ‘पुतलीको सपना’ले स्क्रिप्ट… Continue reading बंगलादेशमा दुई नेपाली फिल्मलाई अवार्ड

खुशीको खबर ! मलेसियाको नेपाली दूतावासमा नेपाल प्रहरी तैनाथ हुने !

काठमाडौ : नेपाल प्रहरीले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगसहित ६ देशका दूतावासमा प्रहरी अधिकारी तैनाथ गर्ने प्रस्ताव गरेको छ । मलेसिया र खाडी मुलुकमा विशेषगरी प्रहरी सहचारीका रूपमा वरिष्ठ प्रहरी उपरीक्षकलाई तैनाथ गर्ने योजना छ । नेपाल प्रहरीले आफ्नो नीति योजना पत्रकारहरुलाई सार्वजनिक गर्दै आज जानकारी गराएको छ । उद्देश्यले पटक पटक गृह… Continue reading खुशीको खबर ! मलेसियाको नेपाली दूतावासमा नेपाल प्रहरी तैनाथ हुने !